१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो, मौसम खुल्न समय लाग्ने



काठमाण्डौ ।

पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।

आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यो पौने ६ बजेको मापन गरिएको न्यूनतम तापक्रम हो । हिजोको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ८ : १० बजे