एजेन्सी ।
भारतमा शुक्रबार २ लाख ३५ हजार ५३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस दौरान ३ लाख ३५ हजार सङ्क्रमित निको भएका छन् । त्यस्तै, थप ८७१ जनाले ज्यान पनि गुमाएका छन् ।
यसअघि बिहीबार देशमा २ लाख ५१ हजार २०९ जना सङ्क्रमित फेला परेका थिए भने ६२७ जनाले ज्यान गुमाएका थिए । अघिल्लो दिनको तुलनामा १५ हजार ६७७ जना कम सङ्क्रमित फेला परेका छन् । शुक्रबार सङ्क्रमण दर घटेर १३।३९ प्रतिशत पुगेको छ । बिहीबार यो दर १५।८८ प्रतिशत रहेको थियो ।
पछिल्ला ८ दिनदेखि भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । हाल भारमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ४ हजार रहेको छ । भारतमा हालसम्म ४ करोड ८ लाख ५७ हजार ९२२ जना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३ करोड ८३ लाख ४९ हजार ५९ जना निको पनि भएका छन् । त्यस्तै, ४ लाख ९३ हजार १९५ जनाले ज्यान पनि गुमाएका छन् ।
प्रतिक्रिया