१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दाङका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप



दाङ ।

जिल्लाका २ सय ७ कुकुरको बन्ध्याकरण गरी २ सय ७ लाई रेविजविरुद्धको खोप लगाइएको छ ।

निःशुल्क बन्ध्याकरण तथा खोप लगाइएकामध्ये ७४ घरपालुवा र १३३ वटा सडक कुकुर रहेका बताइएको छ । घोराही उपमहानगरपालिका पशुुसेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।

आइतबारदेखि बिहीबारसम्ममा गरी उक्त संख्याका कुकुरलाई निःशुल्क बन्ध्याकरणसहित खोप लगाइएको पशुसेवा शाखाका प्रमुख जीवराज पौडेलले बताए । त्यसक्रममा आयोजित कार्यक्रमका वक्ताहरुले रेविजलगायत अन्य प्राणघातक रोगबाट नागरिकलाई जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

घोराही बजार क्षेत्रमा केही दिनअघि ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि उक्त अभियान सञ्चालन गरिएको थियो । त्यस्तै, कुकुरले टोकेका मानिसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेविजविरुद्ध निःशुल्क खोपको व्यवस्था गरिएको पशुसेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८ शुक्रबार ००:००  १ : ३६ बजे