१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुका १० पालिका मध्ये सबैभन्दा धेरै जनसंख्या भएको पालिकामा वाणगंगा



कपिलवस्तु ।

केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार कपिलवस्तुका १० पालिका मध्ये वाणगंगा नगरपालिका सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका भएको छ भने विजय नगर गाउँपालिका सबै भन्दा कम जनसङ्ख्या भएको पालिका बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तुको वाणगंगाको जनसङ्ख्या ९७ हजार १ सय १४ भएको छ भने विजयनगर गाउँपालिकामा ४३ हजार ४ सय ४० पुगेको छ ।
वाणगंगामा महिलाको जनसंख्या ५१ हजार २ सय ९४ रहेको छ भने पुरुषको जनसंख्या ४५ हजार ८ सय २० पुगेको छ । विजयनगरमा २१ हजार ८ सय ७७८ महिलाको महिलाको जनसंख्या २१ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार शिवराज नगरपालिकाको जनसङ्ख्या ८४ हजार ४ सय ५४ पुगेको छ ।

शिवराजमा पुरुष भन्दा महिलाको २ हजार २ सय ५८ ले जनसंख्या बढी रहेको छ । शिवराजमा महिलाको जनसंख्या ४३ हजार ३ सय ५६ रहेको छ भने पुरुषको जनसंख्या ४१ हजार ९८ रहेको छ ।
बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार बुद्धभुमिमा ७७ हजार २ सय ८१ कपिलवस्तु नगरपालिका (८९९६९), कृष्णनगर (७०,९६९), महाराजगंज भद्रपुर (६५,६६८), मायादेवि( ५७ ,१२१)सुद्धोधन ५३४१७, र यसोधरा (४५,१६९) रहेको छ ।
जनगणना २०७८ अनुसार कपिलवस्तुको जनसङ्ख्या ६लाख ८६ हजार ७ सय ३९रहेको छ । जसमा महिला ३४९१३५ र पुरुष ३३७६०४ रहेको छ ।

कपिलवस्तुमा लैगिंक अनुपात ९६.७० रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर १.७६ प्रतिशत देखिएको छ भने परिवारको औसत आकार ५.६० रहेको छ ।०६८ सालको जनगणनामा कपिलवस्तुको जनसंख्या ५लाख ७१ हजार ९ सय ३६ थियो ।

प्रकाशित मिति : १३ माघ २०७८ बिहिबार ००:००  ५ : ३२ बजे