१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

देशभरको मौसम आंशिक बदलीः कपिलवस्तुसहित तराईका जिल्लामा हुस्सु र कुहिरो



काठमाण्डौ ।

देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सुरकुहिरो लागेको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि कपिलवस्तुमा पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो कुहिरोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलिदेखि भने क्रमिक सुधार हुँदै जाने अनुमान छ ।

प्रकाशित मिति : १३ माघ २०७८ बिहिबार ००:००  ८ : ४० बजे