१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीलाई ४ सांसदको अन्तरघात



काठमाडौं ।

प्रदेश १ को राष्ट्रियसभा चुनावमा नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले जितेपनि महिला कोटाकी उम्मेदवार सुमित्रा भण्डारी भने पराजय भोग्न पुगिन् । सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मारिन् ।

एमाले नेतृ भण्डारीले पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३६ सांसदको मात्र मत पाएकी छन् । एमालेका शेर्पाले २९४ मतभार थप्दा भण्डारीले भने आफ्नै पार्टीको १९२ मतभार गुमाइन् । एमालेकै ४ सांसदले अन्तर्घात गरेपछि उनको मतभार घट्यो र पराजय पनि भोग्न बाध्य भइन् ।

प्रकाशित मिति : १२ माघ २०७८ बुधबार ००:००  ६ : ०५ बजे