१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको हिलवर्ट बोर्डिङले पायो ‘इन्टरनेश्नल स्कुल अवार्ड’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर दुई पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले ‘इन्टरनेश्नल स्कुल अवार्ड’ (आइएसए) प्राप्त गर्न सफल भएको छ । मंगलबार काठमाण्डौँमा आयोजना भएको अनलाइन कार्यक्रम (जुम) मार्फत् हिलवर्टलाई ‘इन्टरनेश्नल स्कुल अवार्ड’ दिइएको हो ।

जिल्लाको पहिलो ‘क’ वर्गको विद्यालयको रुपमा रहेको यो विद्यालय हाल ‘आइएसए’ जोर्नीमो थियो । यो बीचमा विद्यालयमा पठनपाठनका अतिरिक्त शिक्षणका अन्र्तराष्ट्रिय अभ्यास र गतिविधिहरु भएका थिए ।

तिनै गतिविधिको मुल्यांकन गरेर ब्रिटिस काउन्सिलले मुलुकका थोरै विद्यालयलाई हरेक बर्ष यो अवाडमा छनौट गर्छ। त्यसैक्रममा आफ्नो स्कुल छनोट भएको विद्यालयका अध्यक्ष दीपक खनालले मायादेवी अनलाइनलाई बताउनु भयो । यो अवार्डको अवधि सन् २०२४ सम्म रहने छ ।

विश्वस्तरीय अवार्डको लागि अथक मिहिनेत गर्ने विद्यार्थी, शिक्षक, अभिभावक, प्रोजेक्ट कोर्डिनेटर, कर्मचारी, संचारकर्मी लगायत सबैलाई खनालले धन्यबाद समेत दिनुभयो । यो उपलब्धि बचाइ राख्नको लागि आगामी दिनमा आफूहरु थप मिहिनेत गरेर अगाडी बढ्ने खनालको भनाई छ ।

पठनपाठनका अतिरिक्त अन्य क्रियाकलापमा पनि आफ्नो जिल्लामा अगाडी रहेको बताउँदै प्रबन्ध निर्देशक बुद्धि पौडेलले आइएसए अवार्ड पाएपछि थप उर्जा मिलेको बताउनु भयो । विद्यालयका सहायक प्राचार्य कुशल पाण्डेले आइएसए जोर्नीका क्रममा आफूहरुले धेरै मिहिनेत गरेको बताउनु भयो ।

प्रोजेक्ट कोर्डिनेटर चन्द्र अधिकारी यो अवार्डको क्रममा विद्यार्थीहरुले विदेशका विद्यालय र विद्यार्थीसंग सम्पर्क समन्वय गर्न सकेका, स्थानीय श्रोत र साधन प्रयोग गरेर धेरै काम गर्न सकिने लगायतका कुराहरु सिकेको बताउनु भयो । यस अघि जिल्लाका बाणगंगा मावि गजेहडा, ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल राजपुर र लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुल ओदारीले यो अवार्ड प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८ बुधबार ००:००  २ : २१ बजे