१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मीको मालपोत कार्यालय ६ दिनका लागि बन्द



गुल्मी

गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ ।

केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको हो । जिल्लामा हाल ३६१ जना कोरोनका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १२ माघ २०७८ बुधबार ००:००  १ : ५६ बजे