बाबुराम रायमाझी, जितपुर ।
‘वातावरण शान्ति र सामाजिक विकासका लागि रोग, भोक र अशिक्षा विरुद्ध अघि बढौं’ भन्ने मूल ध्येयका साथ स्थापना भएको सिद्धार्थ सामाजिक विकास केन्द्रको २६औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । संस्थाको प्रांगणमा वार्षिकोत्सवको अवसरमा नव निर्मित सिद्धार्थ गौतम बुद्धको प्रतिमाको संस्थाका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथी सागर प्रसाद श्रेष्ठ र संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीले संयुक्त रुपमा अनावरण गुर्नभएको थियो ।
विगतमा स्थापना दिवसमा अपांगता भएका व्यक्तिको उच्च शिक्षामा सहयोग पु¥याउन सहयोग प्रदान गर्दै आएको अपांगता छात्रबृत्ति यसवर्ष पनि वितरण गरेको छ । कार्यक्रममा संस्थाले सिद्धार्थ क्याम्पस बुङचीका कक्षा ११ मा अध्ययनरत तथा वाणगंगा ७ निवासी सञ्जय गैरे एवम् सोही ठाउँ वस्ने जया अर्याललाई अपाङ्ग छात्रवृत्ति वापत रु ५÷५ हजार नगद तथा प्रमाण पत्र प्रदान गरेको छ । साथै कपिलवस्तु बालगृह तौलिहवामा अध्ययनरत अनाथ बालबालिकाको शिक्षा र पालनपोषणमा सहयोग स्वरुप २० हजार आर्थिक सहयोग प्रदान गरेको छ । बालगृहका अध्यक्ष गोपालमणी ज्ञवालीलाई बार्षिकोत्सवका अवसरमा नगद २० हजार हस्तान्तरण गरेको हो । २०५२ सालमा स्थापना भई वाणगंगाबाट सामाजिक कामको शुरुवात गरेको संस्थाले लुम्विनी प्रदेशका १२ वटै जिल्ला यसको कार्यक्षेत्र रहेको छ । विभिन्न सरकारी तथा समुदायको साझेदारी र सहकार्यले नमूना संस्थाको रुपमा परिचित हुन सफल भएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता संस्थाका संस्थापक सागर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता पूर्व अध्यक्ष एवम् शैक्षिक व्यक्तित्व टिकाराम पौडेल, टंक प्रसाद आचार्य, पोम नारायण पौडेल, निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य, वडा न ९ का वडाध्यक्ष ध्रुर्व वेल्वासे, सिद्धार्थ सहकारीका अध्यक्ष इन्दिरा भट्टराईको आतिथ्यता रहेको कार्यक्रम उपाध्यक्ष तिलोचन घिमिरेको स्वागत र सचिव हरिलाल शर्माको संचालनमा भएको थियो ।
१२ माघ २०७८ बुधबार ००:००
68
Shares
प्रतिक्रिया