१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जनमत पार्टी आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै



काठमाडौं ।

किसान आन्दोलनका नाममा एक महिनादेखि सडकमा उत्रिएको जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ । पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेको हो ।

प्रकाशित मिति : १२ माघ २०७८ बुधबार ००:००  ८ : ५७ बजे