बुटवल ।
रुपन्देहीको देवदहमा एक महिलासहित बालिकाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देवदह नगरपालिका घोडाहा जंगलमा आज मंगलबार दिउँसो उनीहरुको सब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अन्दाजी ३५ वर्षीय महिलासँगै अन्दाजी ७ वर्षको बालिका मृत अवस्थामा भेटिएको हो । देवनदह नगरापलिका–९ मा अवस्थित राजमार्गदेखि करिब २५र ३० मिटर जँगलमा सब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिए ।
मधेशी मूलको जस्तो देखिने उनीहरुको सब बरामदसँगै आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीबाट खटिएको टोलीले घटना बारे थप अनुसन्धानलाई अघि बढाएको हो ।
प्रतिक्रिया