१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माओवादी नेता वर्षमान पुन उपचारपछि स्वदेश फिर्ता



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्र का नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किनु भएको छ । झण्डै ४ महिना लामो उपचारपछि उहाँ हिजो बेलुका नेपाल फर्किनुभएको हो ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन उपचारको लागि गएको असोज १३ गते थाइल्यान्डको बैंकक जानुभएको थियो । बैंकक पछि थप उपचारका लागि उहाँलाई चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने बताउनु भएको छ । नेता पुनले विगतमा सचिव भएर काम गरेकाले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताउनु भएको हो। आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वाभाविक हो ।’ नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताउनु भयो।

प्रकाशित मिति : ११ माघ २०७८ मंगलबार ००:००  ८ : २३ बजे