कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा जाडो बढेपछि विभिन्न स्थानीय तहहरुले कम्मल तथा सिरक वितरण कार्यलाई तिव्रता दिएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले पनि ५२ जना अपाङ्गता भएका र एकल महिलालाई न्यानो सिरक वितरण गरेको छ ।
शीतलहरसंगै जाडो बढे पछि उनीहरुलाई वडा कार्यालयमा आईतवार सिरक बितरण गरिएको हो । पुर्व मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश की पर्यटन, ग्रामीण र शहरी विकास मन्त्री रिना नेपाल, कांग्रेस प्रदेश सदस्य माया ज्ञवाली लगायतले उनीहरुलाई सिरक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा पुर्वमन्त्री आचार्यले जिल्लामा रहेका ९६ वटै वडाले के कस्तो काम गरको भन्ने कुरा आफुलाई जानकारी रहेको बताए । जनताका घरको सरकार भनेको नै स्थानीय पालिका र वडा कार्यालय रहेको हुंदा जनताका समस्या समाधान गर्ने दाहित्व पनि वडा स्थानीय सरकारको रहेको आर्चायले बताए ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा राम्रो काम भएको भन्दै उनले वडाध्यक्षहरुले गरको कामको आधार र जनाताको मूल्यांकनका आधारमा आफनो पार्टीै टिकट दिने बताए ।
यस्तै सो अवसरमा मन्त्री नेपालले जाडोयाममा वडाले अपाङ्गता भएका र एकल महिलालाई सिरक उपलब्ध गराएर राम्रो काम गरेको बताइन । उनले जनताले यस्तो कामको मुल्यांक गर्नु पर्ने बताईन उप मेयर लक्ष्मी गुप्ताले पालिका र वडाले जनताको भावना अनुसार काम गरेको बताईन ।
वडा अध्यक्ष प्रकाश गरुेको अध्यक्षता र अर्जुन चापागाईको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बर्जाचार्य नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, युवा नेता प्रकाश घिमिरे लगातयले अपाङ्गता भएका र एकल महिलालाई जाडोयाममा सिकर उपलब्ध गराएर राम्रो काम गरेको उल्लेख गर्दै अन्य सामाजिक कार्यमा पनि थप योगदान दिनुपर्ने बताए ।
प्रतिक्रिया