काठमाडौं ।
भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ।
आइतबार राति भएको तेस्रो खेलमा भारतमाथि चार रनको जित निकाल्दै दक्षिण अफ्रिकाले शृङ्खला क्लीनस्वीप गरेको हो ।
केप टाउनमा भएको खेलमा २८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर दुई बलमा सबै विकेट गुमाएर २८३ रन बनाउन सक्यो । उसका लागि विराट कोहलीले ६५ तथा शिखर धवनले ६१ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर पाँच बलमा २८७ रन बनाएको थियो । उसका लागि क्विन्टन डी ककले १२४ रन बनाएका थिए ।यसअघि तीन टेस्टको शृङ्खलामा २–१ ले पराजित भएको भारतका लागि अर्को धक्का लागेको हो।
प्रतिक्रिया