काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनको सचिवालयले दिएको छ ।
ओलीको एन्टिजेन र पीसीआर दुवै परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ओलीकी पत्नी राधिकामासंक्रमण पुष्टि भएको छ ।
दुवैजना अहिले भक्तपुरको बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई संक्रमण भएको आफूले पनि ‘सुनेको’ बताएका छन् ।
प्रतिक्रिया