काठमाण्डौ ।
आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् ।
पोखरा रङ्गशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो ।
बीवाईएसी यूएसएले सिधै क्वार्टर फाइनल खेल्न लागेको हो । हिजो भएको खेलमा पुलिसले पेनाल्टी सुटआउटमा हिमालयन शेर्पालाई हराएर क्वार्टर फाइनमा पुगेको छ । पोखरामा चलिरहेको २०औँ संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया