९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

देशभरको मौसम बद्लीः पश्चिम नेपालबाट न्यून चापीय प्रणाली भित्रियो



काठमाण्डौ ।

देशभरको मौसम बद्ली भएको छ । पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीका कारण आजदेखि मौसम बद्ली भएको हो ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अहिलेसम्म कतै पनि पानी परेको छैन ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती र प्रदेश–१ का एक–दुई ठाउँमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ । आजराति पनि मौसम बद्लीकै अवस्थामा रहनेछ ।


अहिले तराईमा हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अबको दुई÷तीन दिन उच्च भूभागमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी पर्नसक्ने सम्भावना देखिएको छ । न्यून चापीय प्रणालीको प्रभाव पर्सि सोमवारसम्म देखिनेछ । त्यसपछि क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ८ माघ २०७८ शनिबार ००:००  ८ : ०९ बजे