बाँके ।
लुम्बिनी प्रदेशको बाँकेमा नम्बर नखुृलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका–५ रङगिला चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट सल्यान कालिमाटी गाउँपालिका–७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया