काठमाण्डौ ।
सुक्खा पहिरोका कारण रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।
डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ ।
सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो ।चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।
प्रतिक्रिया