९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुपन्देहीको सैनामैनामा कृषकहरु गड्यौली मल उत्पादनतर्फ आकर्षित



बुटवल ।

रुपन्देहीको सैनामैनाका कृषकहरु गड्यौली मल उत्पादनतर्फ आकर्षित भएका छन् । अर्गानिक मल उत्पादनलाई नगरपालिकाले समेत प्राथमिकता दिन थालेपछि यसतर्फ आकर्षण बढेको हो ।

सैनामैना–८ का स्थानीय गुणानिधि अधिकारीले गड्यौली मल उत्पादन गरी बिक्री गर्न थालेपछि यसैको सिको गर्दै मल उत्पादनमा लाग्ने कृषकको संख्या करिब २ दर्जन पुगेको छ । ४ वर्ष अघि अध्ययन भ्रमणका क्रममा भारतको तमिलनाडुमा रहेको एक कृषि फर्ममा देखेको कुरालाई प्रयोग गरेका अधिकारीले यसको व्यवसायिक सम्भावना प्रवल रहेको उल्लेख गर्छन् ।

व्यवस्थित खाल्डो बनाएर उक्त खाल्डोमा गोबर, पराल तथा अन्य पातपतिङ्गर हालेर गड्यौलालाई खुवाएर तयार पारिने मललाई गड्यौली मल भनिन्छ । आफूले देखेको सीपलाई नेपालमा प्रयोग गर्दा सफलभएपछि यसतर्फ अन्य कृषकहरु पनि आकर्षित हुने गरेको उनी बताउँछन् । सुरुमा करिब ७० हजार लगानी गरी आफ्नै खेतमा ३ वटा सिमेन्टको पक्की खाल्डो बनाएर मल उत्पादनका लागेका अधिकारले वार्षिक २० क्वीन्टल मल उत्पादन गर्ने गरेको बताउँछन् ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा थप ३ वटा प्लाष्टिकको खाल्डो बनाएर मल उत्पादनमा लगोका छन् । ‘सुरुमा यसरी मल उत्पादन गर्दा गाउँलेहरुले मलाई पागल हुन लागेको भनेर जिस्क्याउने पनि गरे ।’– चार वर्ष अघिको कुरा सुनाउँदै उनले भने, ‘गड्यौलालाई मल खुवाएर कसरी मल उत्पादन हुन्छ भन्ने गाउँलेका जिज्ञासासँगै आफूलाई पनि केही नयाँ गर्ने सोचले यसको महत्व बारे बुझाउन सफल भएको छु ।’ सङ्जाबाट २ कलिो गड्यौला किनेर मल उत्पादनमा लागेका उनले अन्य कृषकको पनि साथ पाउने भएपछि यसलाई थप व्यवस्थित बनाएर योजना बनाएका छन्

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  ३ : ४७ बजे