दाङ ।
दाङको तुलसीपुरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीनजनाले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने अधिकांश चोरीका काम उनीहरूले नै गर्दै आएका थिए ।
अहिले दुईजनालाई पक्राउ गरेको र एकजनाको खोजी कार्य जारी रहेको उनले बताए । ‘गिरोहमा तीनजना सक्रिय भएको अनुसन्धानबाट खुल्यो, तीमध्ये दुईजनालाई हामीले पक्राउ गरिसकेका छौँ । अर्का एकजनाको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘अहिले यस क्षेत्रमा जति चोरी हुने गरेका छन्, यी तीनैजना मिलेर गरेको पाइयो ।’
पक्राउ पर्नेमा तुलसीपुर– ५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १०, नारायणपुरनिवासी १९ वर्षीय विशाल परियार रहेका छन् । उनीहरू लामो समयदेखि तुलसीपुर– ६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया