नवलपरासी ।
पूर्वी नवलपरासीमा बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार १४ वर्षीया बालिकालाई होटेलमा लगेर ललाइफकाई करणी गरेको आरोपमा प्रहरीले कावासोती– २ निवासी २४ वर्षीय विमल कँडेललाई पक्राउ गरेको हो ।
पीडित बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए । स्रोतका अनुसार बालिकाको महिनावारी रोकिएपछि औषधी सेवन गरी गर्भपतन गराउँदा बालिकाको अत्यधिक रक्तश्राव भएपछि घटना बाहिरिएको थियो ।
कँडेलले बालिकालाई कावासोतीको एउटा होटेलमा लगेर पुस १७ गते जबर्जस्ती करणी गरेका थिए । प्रहरी नायब उपरीक्षक गिरीले केटाकेटी दुवैले घटना स्वीकार गरेको बताए।
प्रतिक्रिया