९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गाउँपालिकाले फोहोर नउठाए पछि पकडि बजार दुर्गन्धित बन्दै




अंशु ढकाल, तौलिहवा ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाले फोहोर नउठाए पछि गाउँपालिकाको केन्द्र पकडि बजार दुर्गन्धित बन्दै गएको छ।

फोहोरकोसमेत कर उठाउने गाउँपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको हो। पकडी बजारमा फोहोरसंगै ढलको निकासको पनि व्यवस्थित छैन। बजारमा हिड्ने स्थानीयहरु नाक छोपेर हिड्नु पर्ने अवस्था आएको बताएका छन्।

दिनहुँ फोहोर बढीरहदा पनि गाउँपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी असरार अहमद बताए। उहाले गाउँपालिकाको सरसफाइकै नाममा वर्षेनी लाखौ रकम छुट्याउने र जनताबाट बिभिन्न नामबाट समेत लाखौ रकम कर लिएर पनि पालिकाको उचित सरसफाइ नगरेरको उहाले आरोप लगाएका छन्।

मायादेवी गाउँपालिका अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको सामाजिक अगुवा चन्द्रकुमार बढईको भनाइ छ। उहाँका अनुसार मायादेवीकै विकासको नाममा वर्षेनी करोडौं रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुनसकेको छैन। गाउँपालिकाले अहिलेसम्म पालिकाको फोहोरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन।

अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ। गाउँपालिकालाई पटकपटक फोहोर हटाउन आग्रह गर्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ। त्यस्तै स्थानीयवासीले निवेदन बुझाउदा दर्ता नगरी बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्।

यता मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले पालिकाको केन्द्र पकडीमा फोहोर नै नभएको प्रतिक्रिया दिएका छन्। फोहोर जम्मा हुने वित्तिकै हटाउने गरेको बताउनु भयो। पकडी चोक तथा आसपासमा रहेको नाला तथा डस्टविन बाहिर फोहोर छताछुल्ल रहेको छ। त्यस्तै वडा नं. १ को वडा कार्यालयले केहि समय अगाडी मात्र वडाको सक्रियतामा थोरैमात्र फोहोर हटाईएको थियो।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  ५ : ४८ बजे