९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमालेको सर्कुलरः २५ जना बढी सहभागी हुने सबै कार्यक्रम रोक्नू



काडमाडौं ।

प्रमुख विपक्षी नेकपा एमालेले २५ जना बढीको सहभागी हुने सबै कार्यक्रम रोक्न आन्तरिक सर्कुलर गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो ।

आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि एमालेले पार्टीका सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरुलाई भनेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८ सोमबार ००:००  ५ : ३९ बजे