९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लगातारको बाक्लो हुस्सुले कपिलवस्तुसहित पश्चिम तराईको जनजीवन कष्टकर



कपिलवस्तु ।

तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।

केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । यस्तै शितलहर संगै बढेको चिसोले कपिलवस्तुको जनजीवन प्रभावित भएको छ ।

न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा अधिकतम तापक्रम घटिरहेको छ ।

नेपालगञ्जको अधिकतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यस्तै धनगढीको अधिकतम तापक्रम पनि १४ दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । आज पनि घाम लाग्ने सम्भावना नरहेकाले अझै अधिकतम तापक्रम घट्ने अनुमान छ ।

चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर सबैभन्दा धेरै समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ ।यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ ।

काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। उहाँकाअनुसार आज पनि धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : ३ माघ २०७८ सोमबार ००:००  ७ : ५४ बजे