दाङ ।
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी वेसहारा वालवालिकाको अभिभावक वन्ने भएका छन ।
दाङ जिल्लाको क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले घोराई उपमहानगर पालिका १९ का वेसहारा ४ जना वालवालिकाको अभिभावक वनेर उनीहरुको शिक्षा लगायत अन्य कुराको व्यवस्था गर्न लागेका हुन ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरीले वुवा आमा दुवै गुमाएर वेसाहारा भएका ती वालवालिकाको घरमै पुगेर उनीहरुको शिक्षा लगायत लालनपालनको व्यवस्था गर्ने उनको सचिवालयले जनाएको छ ।
पुर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष कमरेड माधवकुमार नेपालको विशेष निर्देशनमा दाङ घोराही १९ सैघाको तिर्साङमा बुवा र आमा दुबैको मृत्यु पछि बेसहारा बनेका वालवालिका वसेको घरमा पुगेर भेटघाट गर्दै उनीहरुको शिक्षा लगायत लालनपालन सवैको व्यवस्थापन गर्ने गरि जिम्मा लिएको सासंद चौधरीले वताए ।
उनिहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया शुरु भएको छ उनले भने । गरिव दुखीहरुको पार्टी भएकाले देशभरका वेसाहारा,दुखी र गरिवहरुको व्यवस्थापनमा पार्टी लागेको छ । सासंद चौधरीसगै एकीकृत समाजवादी पार्टी दाङ जिल्ला अध्यक्ष सुरामणि वेल्वासे लगायत पार्टीका नेताहरु वालवालिका वसेको घरमा पुगेका थिए।
प्रतिक्रिया