९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुटवलमा सवारी दुर्घटनामा परी एकको मृत्यु



बुटवल

बुटवलमा भएको सवारी दुर्घटनामा परी आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका ३२ वर्षीय शोभाखर पन्थ रहेका छन् ।

बुटवल(११ मगरघाटबाट योगीकुटीतर्फ आउँदै गरेको उनी चढेको लु ७० प १३५३ नम्बरको मोटरसाइकल विद्युत विस्तारका क्रममा खनेको खाल्डोमा परेको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहान ६ बजे मर्निङ वाकमा हिँडेका यात्रुले दुर्घटनाबारे खबर गरेका थिए । त्यसपछि उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७८ आइतबार ००:००  १२ : २४ बजे