काठमाण्डौ ।
वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनस् श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको हो ।
वि।सं। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेको हो । श्रम स्वीकृतिलाई ुफेसलेसु, ुपेपरलेसु र ुक्यासलेसु बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । योसँगै अब पुनस् श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।
पुनस् श्रम स्वीकृति लिने प्रक्रिया तलको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया