९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगा खानेपानीको साधारण सभा, अध्यक्ष भन्छन् ‘नगरले उपेक्षा गर्यो’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो साधारण सभा सम्पन्न भएको छ । खानेपानीको आफ्नै भवनमा रहेको प्राङ्गणमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बिभिन्न प्रतिवेदन पेश भएका छन् ।

खानेपानीका अध्यक्ष राजकुमार खाँणले भनाई राख्दै बिभिन्न काम भएको जानकारी गराउनु भएको थियो । उहाँले आर्थिक बर्ष २०७७ ७८ मा नीति नियमको निर्माण, इन्टरनेट तथा कम्प्युटरबाट लेखा प्रणाली चुस्तदुरुस्त बनाएको, पाइपलाइन विस्तार गरिएको लगायतका भनाई राख्नु भयो । उहाँले अहिलेसम्म नगरपालिकाले सहयोग नगरेर उपेक्षा गरेको भन्दै दुख ब्यक्त गर्नुभयो ।

बाणगंगा खानेपानीलाई नगरले उपेक्षा गरेको भन्दै आगामी दिनमा यस्तो विभेद नगर्न उहाँको आग्रह छ । सचिव बुद्ध शाहीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नमुना पौडेलले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । यसैबीच जिल्ला खानेपानी महासंघका अध्यक्ष राजेन्द्र वीक्रम शाहले उपभोक्तालाई शुद्ध खानेपानी दिनु पर्ने बताउनु भयो ।

निवर्तमान अध्यक्ष शंकर प्रसाद पौडेलले पनि खानेपानीलाई नगरले सहयोग नगरेको भन्दै आगामी दिन सहयोगको लागि आग्रह गर्नुभयो । उपाध्यक्ष विष्णु विसीको स्वागत, सचिव बुद्ध शाहीको संचालनमा सम्पन्न कार्यक्रममा अधिकांस उपभोक्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  २ : १९ बजे