११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बुटवलमा सहमतिपछि मतदाता नामावली संकलन सुचारू



बुटवल ।

ईलाका प्रशासन कार्यालय बुटवलमा रोकिएको फोटो सहितको मतदाता संकलनको काम आज आईतबारदेखि सर्वदलीय सहमतीमा पुनः सुचारु भएको छ । गएको शुक्रबार मध्यरातमा नामावली संकलनको काम भएपछि नेकपा एमाले बुटवल नगरकमिटीले ताला लगाएको थियो ।

सर्वदलीय, सर्वपक्षीय बैठकले फोटो सहितको मतदाता संकलन कार्यको लागि एक जना कर्मचारी थप गर्ने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै प्रचलित कानुन अनुसार गर्नेगरी सहमति गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।

बैठकले राजनीतिक दलका प्रतिनीधिहरु नेकपा एमालेका बुटवल नगर सकमिटी अध्यक्ष किशन ज्ञवाली, नेपाली काँग्रेस बुटवल नगर समितिका सचिव छायाँ पोखरेल, नेकपा माओवादी केन्द्रका पुष्पराज ढकाल र नेकपा एकिकृत समाजवादीका बुटवल अध्यक्ष चिनकाजी गुरुङलाई फोटो सहितको मतदाता नामावली संकलनमा सहजिकरण गर्न स्वयम् सेवक तोकिएको छ ।

रुपन्देही जिल्लामा ६५ हजार बढी मतदाता थपिएका छन् । कार्यालय प्रमुख भण्डारीका अनुसार साउन १ दखि हालसम्म ६५ हजार भन्दा बढीले फोटो सहितको फारम भरेका छन् । रुपन्देही जिल्लामा गत साउनसम्म ५ लाख ४५ हजार १३६ जना मतदाता थिए ।

प्रकाशित मिति : २५ पुस २०७८ आइतबार ००:००  २ : ०७ बजे