धनगढी ।
कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराएको खुलेको छ । यो घटनामा मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
अनुसन्धानका क्रममा घोडाघोडी नगरपालिका ४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।
प्रतिक्रिया