८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रतिनिधिसभा बैठक एमालेको आग्रहमा स्थगित



काठमाडौँ ।
प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो । ‘प्रतिनिधिसभाको २२ गतेका लागि आह्वान गरिएको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ,’संसद् सचिवालयका अधिकारीले भने, ‘प्रमुख प्रतिपक्षी एमालेले जिल्ला अधिवेशन चलेको भनेर बैठक सार्न आग्रह गर्नुभएकाले स्थगित गरिएको हो ।’

एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दैआइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८ बुधबार ००:००  १ : ०१ बजे