मयादेवी अनलाइन, चारनम्बर ।
नेकपा एमाले कपिलवस्तुको बिभिन्न पदमा उम्मेदवारी दिनेको संख्या बढ्दो छ । जिल्ला अधिवेशन (पुस २३) आउन २ दिन मात्र बाँकी छँदा पदाधिकारी तथा जिल्ला सदस्यको उम्मेदवारी दिने आकांक्षीहरुको संख्या बढेको हो ।
यसै सन्दर्भमा बाणगंगाका युवा ब्यवसायी सेनले जिल्ला सदस्यमा खुला तर्फबाट उम्मेदवारी दिनुहुने भएको छ । वडा नम्बर ४ झुँगा निवासी राम सेनले युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन लागेको मायादेवी अनलाइनसंग बताउनु भयो ।
कपिलवस्तु फुटवल संघका पूर्वअध्यक्ष समेत भइसक्नु भएका सेनले युवालाई राजनीतिमा सहभागि गराएर खेलकुद लगायतका काम गर्न जरुरी रहेको ठानेर पार्टीका नेता तथा साथीभाइकै सल्लाहमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
उहाँले कुनै पनि हालतमा आफू पछि नहट्नेसमेत दाबी गर्नुभयो । सेन खेलकुदसंगै राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्छ भने कपिलवस्तुमा युवामाझ लोकप्रिय मानिनु हुन्छ । बिभिन्न पदमा आकांक्षीको संख्या अत्यधिक बढे पछि जिल्ला नेतृत्वलाई मिलाउन हम्य हम्य परेको छ । आकांक्षी धेरै भएपछि कार्यविधि नै बनाउन पार्टी बाध्य भएको छ ।
प्रतिक्रिया