‘खेल्नु पर्छ रमाई, आत्मबल जगाई’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बुद्धभिुमि २ मा रहेको रेसिडेन्सियल ईङ्लिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताह पौष २४ गतेसम्म जारि रहने जानकारी गराईएको छ । खेलकुद सप्ताहको उद्धघाटन बिध्यालयका सन्चालक बिश्वराज खनालले रिबन काटेर गर्नुभएको थियो । उद्धघाटन सत्रमा बोल्दै बिध्यालयका सन्चालक राजेन्द्र पि. सीले खेलले बिध्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य रहेको बताउनु भएको थियो । खेलकुद सप्ताह अन्तर्गत कपर्दी, भलिबल, फुटबल, क्रिकेट, १००, २०० र ४०० मिटर दौड, रिले, हाई जम्प, लङ जम्प, स्पोन रेस, फ्रग जम्प लगाएतका खेल खेलाईने बिध्यालएकी शिक्षिका सुनिता बस्नेतले बताउनु भएको छ । खेलकुद सप्ताहमा नर्सरी कक्षा देखि १० कक्षा सम्मका बिध्यार्थीहरुलाई सहभागि गराईने छ ।
२० पुस २०७८ मंगलबार ००:००
100
Shares
प्रतिक्रिया