८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीको एक घरगोठमा आगोलागी, ४ लाख बढीको क्षति



बुटवल ।

गुल्मीको एक घरगोठमा आगोलागी हुँदा ४ लाख बढीको क्षति भएको छ । जिल्लाको कालिगण्डगी गाउँपालिका–१ बसेनी हर्मीचोरका तिल बहादुर राजकोटीको दुई तले कच्ची घरगोठमा आइतबार आगोलागी हुँदा ४ लाख ४२ हजार बराबरको धनमान क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगोलागीबाटा गोठमा बांधेको भैसी ३ वटा ,बांख्राको पाठी १ वटा, लोकल कुखुरा १५ वटा, कोईलर कुखुरा ७ वटा जली मरेको, साथै लत्ताकपडा, अन्नपात, भाडाबर्तन र कुखुराको दाना समेत जली क्षेती भएको प्रहरीले जनाएको छ । आगोलागी हुनेको कारण नखुलेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८ मंगलबार ००:००  २ : ४० बजे