८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माओवादी अध्यक्षमा प्रचण्ड निर्वाचित, लिए शपथ



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनस् पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्।

ललितपुरमा जारी केन्द्रीय समिति बैठकले प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको हो। प्रस्तावको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा रहेका थिए।

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेसँगै प्रचण्डले अध्यक्षको शपथ लिएका छन्। माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य मात्र चयन गरेको थियो।

महाधिवेशनबाट चयन हुन नसकेको पदाधिकारी र बाँकी केन्द्रीय सदस्य केन्द्रीय समिति बैठकबाट चयन गर्ने माओवादीको तयारी छ।
आजको बैठक ज्येष्ठ सदस्य दिनानाथ शर्माले बैठकको अध्यक्षता गरेका थिए।

प्रकाशित मिति : १९ पुस २०७८ सोमबार ००:००  ५ : ३१ बजे