काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाएको बताएका छन्।
उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवार तय भएका छन्।
सोमबार नै बसेको सत्ता गठबन्धनको बैठकले यसअघि एमालेले जितेका ८ सिटमा भागबण्डा मिलाएको थियो।
त्यसबाहेक गठबन्धनआवद्ध दलले यसअघि जितेको सिटमा सोही दललाई नै दिने सहमति भएको थियो। यसअघि नेपाली कांग्रेसले पनि आफ्नो तर्फबाट उम्मेदवार तय गरिसकेको छ।
प्रतिक्रिया