अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।
उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ ।
गौतमसहित करिब १५० जना एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए । लामो समय एमालेको राजनीतिमा सक्रिय सही जिल्ला सदस्यसमेत भएकी लक्ष्मी गौतम स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी विजयी भएका थिए । ‘मेरो विगतको पृष्ठभूमि एमाले भए पनि कम्युनिस्ट पार्टीमा विचलन आएकाले म कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनिन् ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र सञ्जय गौतमलगायतका नेता उपस्थित थिए ।
प्रतिक्रिया