७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

जनमत पार्टीका रुपन्देही उपाध्यक्ष सहित १२ जना पक्राउ




भैरहवा ।

बिगत ४ दिन देखी चक्काजाम सहितका आन्दोलन गर्दै आएको जनमत पार्टीका जिल्ला उपाध्यक्ष सहित १२ जना कार्यकर्तालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई रुपन्देहीके बसन्तपुरबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला उपाध्यक्ष शम्भुप्रसाद यादव सहित उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको पौडेलले बताए ।

जनमत पार्टीका कार्यकर्ताहरुलाई बिभिन्न माग राख्दै बिहिबार देखी नै भैरहवा–परासी सडक खण्ड र भैरहवा–लुम्बिनी सडक खण्डमा प्रदर्शन गर्दै आएका थिए ।

अनिश्चितकालीन दिवा बन्दको कारण ती रुटमा हिड्ने सवारीहरु प्रभावित हुदै गए पछि आज रुपन्देही प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई बाटो सूचारु गराएको छ ।

जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवले आज नछाडे भोली देखी पुरै जिल्ला ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८ आइतबार ००:००  ६ : १४ बजे