रचना खासु मगर, तौलिहवा ।
नेपाल जनजाती पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन आज (शनिबार) कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।
अधिवेशनले शैलेन्द्र श्रेष्ठको नेतृत्वमा कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा अनिल थारु, सचिवमा सिर्जना चौधरी, सह सचिवमा रचना खासु मगर, कोषध्यक्षमा सुर्य गुरुङ्ग रहनुभएको छ ।
यस्तै सदस्यहरुमा सुरक्षा चौधरी, गोमा राई, सोन कुमारी थारु, जानकी पुन रहनु भएको छ भने संघिय प्रतिनिधिमा उमा शंकर चौधरी र सरिता थारु रहनु भएको फोनिज कपिलवस्तुले जनाएको छ ।
अधिवेशनमा फोनिज लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहाको प्रमुख आतिथ्यता, फोनिज केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामु, फोनिज केन्द्रिय पार्सद समिति सदस्य कमल चौधरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले आफु पनि जनजाती समुदायबाट पत्रकार महासंघको नेतृत्व गरेको बताउनुभयो । नव निर्वाचित फोनिजका कुनै पनि सदस्यलाई सहयोग गर्न आफु तयार रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा फेनिज केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामुले नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो । नव निर्वाचित अध्यक्ष शैलेन्द्र श्रेष्ठले आफ्नो नेतृत्वको नयाँ समिति ऐतिहासिक हुने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा कुनै पनि किसिमको त्रुटि नगर्ने र कसैले पनि औंला उठाउने मौका नदिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया