मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा बुधबार भएको वर्षाका कारण यस बर्ष पनि कपिलवस्तु जिल्लामा मात्रै करिब ४ करोडको काँचो इट्टा गलेर नष्ट भएको छ ।
बेमौसमी बर्षाले इट्टा ब्यवसायीहरु मर्कामा परेका हुन् ।
जिल्लाको कृष्णनगर नगरपालिका, विजयनगर गाँउपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमि नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, यसोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका र बाणगंगामा सञ्चालित इट्टा उद्योगहरुमा बर्षाले क्षति पुगेको इट्टा ब्यवसायीले बताएका छन् ।
काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव चार करोड बढी मुल्यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका महासचिव नेत्र पाण्डेले बताए । उनले भने “कपिलवस्तुमा सञ्चालित ७० वटा इट्टा उद्योगहरुले बिमाकै कारण बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेका छन ।” यस्तै कोईलाको रेट दोब्बर हुदाँ आपुर्तिमा असहज भएको छ । यस्तै विविध कारणले उपभोक्ताहरु प्रत्यक्ष चर्को मुल्य तिरेर इट्टा खरिद गर्न बाध्य छन् ।
प्रतिक्रिया