कपिलवस्तु ।
नेकपा एमालेको अधिवेशनको समय नजिकिएसँगै कपिलवस्तु जिल्लामा चहलपहल बढेको छ । विभिन्न पदमा जिल्लाका नेताले उम्मेद्बारी रहने बताएका छन् ।
यस्तै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले एमाले जिल्ला उपसचिवमा उम्मेद्बारी दिने बताउनुभएको छ ।
एमाले कपिलवस्तुका प्रभावशाली नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले उमेद्धवारीे दिने बताउनुभएको हो । केसीले जिल्ला अधिवेशनमा उपसचिव पदमा आफू उठ्ने बताउनुभयो ।
यस क्षेत्रमा एमालेलाई एक नम्बरको पार्टी कायम राख्न आफ्नो उम्मेदवाी रहने उहाको भनाई छ ।
त्यस्तै एमाले कपिलवस्तुको अध्यक्षमा जिल्ला अध्यक्ष पदको लागि ३ जनाको नाम चर्चामा रहेको छ । एमाले नेता नेत्रराज अधिकारी, डम्बर शर्मा, बाबुराम खनाल जिल्ला अध्यक्ष हुने दौडाहामा रहनु भएको हो ।
तिनै जना मध्ये कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य एवं जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारी बलियो दाबेदारको रुपमा देखिनु भएको छ । नेकपा (एमाले) को पुस २३ गते जिल्ला अधिवेशन हुने मिति तय भएको छ ।
प्रतिक्रिया