७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

दुर्गा प्रसाईँको आरोप- कांग्रेसले देशका उद्योग बेचेपछि हरियो पासपोर्टको खेती मौलायो



काठमाण्डौ ।

नेकपा (एमाले) का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाउनु भएको छ ।

मेडिकल कलेज सञ्चालक समेत रहनु भएका उपप्रमुख प्रसाईँले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला देशका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताउनु भएको हो ।

शनिबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा खाडी लगायत विदेश पलायन हुने अवस्था आएको तर्क समेत गर्नु भयो ।

‘२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिएु उपप्रमुख प्रसाईले भन्नु भयो, उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो र विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  ५ : ३५ बजे