बाबुराम रायमाझी, भलवाड ।
वाणगंगा ९ भलवाडमा रहेको कालिका सामुदायिक वनको अध्यक्षमा मित्रलाल पौडेल चयन हुनुभएको छ ।
उपभोक्ता समितिको ८ औं अधिबेशनबाट पुनः पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा उमा शर्मा, सचिवमा दुर्गा मरासिनी, कोषाध्यक्षमा विष्णु लामिछाने, सह सचिवमा खेमराज खनाल सदस्यमा बालकृष्ण खनाल, खुमकला सुनार, सुधा चौधरी लगायत रहनु भएको निर्वाचन मन्डलले जनाएको छ ।
सो वनको १९ औं साधारणसभा यही पौष १० गते भएको थियो सो सभामा समुहकी सचिव रेखा खत्रीले समुहको वार्षिक प्रगति प्रतिवेदन र सदस्य नेत्र खनालले आर्थिक प्रतिबेदन पेस गरेका थिए । पदाधिकारीमा कुरो नमिले पछि सभाले दुर्गा पौडेलको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मन्डल गठन गरेको थियोे ।
प्रतिक्रिया