७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सिनर्जी सहकारीको नेतृत्वमा पुनः बेल्वासे सर्वसम्मत



मायादेवी अनलाइन, वाणगंगा ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । पुनः दोश्रो कार्यकालका लागि लक्ष्मण बेल्बासेको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । जसको उपाध्यक्षमा कुलराज पौडेल, सचिवमा कृष्ण प्रसाद न्यौपाने, कोषाध्यक्षमा चिरञ्जिवी पन्थी र अन्य सदस्य पदमा रहनुभएको छ । यस्तै ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ ।

कपिलवस्तुमा मुख्य कार्यलय रहेको हाल प्रदेशका चार जिल्लामा कार्यक्षेत्र विस्तार गरेको सिनर्जी सर्वाधिक धेरै सदस्य र ठूलो पूजी लगानी भएको सहकारी हो ।

यसैबीच लुम्विनी प्रदेश सभा सदस्य विष्णु पन्थीले नगरिकलाई स्वरोजगार बनाउँन सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भूमिका खेल्नुपर्ने बताउनु भएको छ । सासंद पन्थीले सिनर्जीको प्रगति परिणामले प्रदेशकै अर्थ व्यवस्थामा उल्लेख्निय टेवा पुराउन सक्ने बताउनु भयो ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जितपुरको प्रारम्भिक साधारण सभालाई सम्बोधन गर्दै सासंद पन्थीले यस्तो बताउनु भएको हो । उहाँले बाणगंगामा आवश्यकता भन्दा धेरै सहकारी बाणगंगामा भएकाले सिनर्जीसंग हातेमालो गरेर अगाडि बढ्न सुझाव दिनु भयो । पन्थीले साना–साना प्रयासहरु नै एकीकृत अर्थव्यवस्थाको जोड भएको बताउँदै सिनर्जी पनि त्यसको महत्वपूर्ण हिस्सा भएको भनाई राख्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले कोभिड १९ का कारण संस्थाको दीर्घकालिन लक्ष्य प्राप्तिमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको जानकारी दिनु भयो । कार्यक्रमका अध्यक्ष समेत रहेका बेल्बासेले बाणगंगालाई कार्यक्षेत्र बनाएका ६ वटा सहकारीलाई एकीकरण गरि संयुक्त रुपमा सम्पूर्ण काम गर्नु महत्वपूर्ण उपलब्धि रहेको दाबी गर्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघ लेखा संयोजक तेज प्रसाद आचार्य, कार्यक्रम बिकास तथा अनुसन्धान उपसमितिका संयोजक डम्मर शर्मा, सल्लाहकार समितिका सदस्य कल्पना शर्माले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  ७ : ५१ बजे