बुटवल ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेबी मन्दिर नजिकै फेला परेको बेवारिसे शवको फेला परेको ६ दिन पुग्दा पनि सनाखत हुन सकेको छैन । गत मंगरबार मायादेवी मन्दिर पछाडीको झाडीमा फेला परेको युवतीको शवको फेला परेको ६ दिन पुग्दा पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
मातहतको प्रहरी युनिटहरुमा सूचना प्रवाह गरिसकिएको र कहीँ कतैबाट युवती हराएको उजुरी नआएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी २० वर्षिया युवतीको शवको सनाखतका लागि काउण्टर पार्ट युनिट भारतमा पनि खबर गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए ।
गत मंगरबार साँझ ५ः३० बजेको समयमा मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको थियो । मधेसीमुलकी युवतीको शव सिमापारी भारतीय नागरिकको हुन सक्ने डीएसपी पौडेलले अनुमान गरेका छन् ।
शव फेला परे लगत्तै प्रहरीले अन्यत्र कतै हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने अनुमान समेत गरेको थियो ।
प्रतिक्रिया