काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले नागरिकको मन जित्न नसक्ने बताउनुभएको छ ।
आइतवार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार निमिट्यान्न पार्नुपर्ने भन्दै परिवर्तन नेपाली नागरिकको हितका लागि हुनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, नागरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुन सके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्न सकिने बताउनुभयो । अध्यक्ष नेपालले नागरिकको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई नागरिकले अनुभूति गर्ने गरी राजनीतिक दलहरू लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण र उत्पीडनलाई समाप्त पार्ने कुरामा, नगरिकको पीडा र वेदनालाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसो भए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी नागरिकको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । नागरिकको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहारलाई नागरिकले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ रु त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरूको बीचमा छलफल हुनुपर्छ ।’
प्रतिक्रिया