मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु पश्चिम क्षेत्रका प्रभावशाली व्यक्ति डा.जहिरुल हसन खाँन नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ ।
जिल्लाको विजयनगर गाउँपालिका बासिन्दा डा. खाँनलाई समाजवादीमा आएसंगै लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।
दाङको भालुवाङमा भैरहेको प्रदेश कमिटी बैठकमा उहाँलाई पार्टी प्रवेश गराई प्रदेश सदस्यको जिम्मेवारी दिइएको पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
पार्टी गठनको अभियानमा लागि रहेको समाजवादीमा पछिल्लो समय प्रभावशाली नेताहरु प्रवेश गर्नेक्रम बढेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा बलियो पकट रहेको समाजवादीमा डा. जहिरुल प्रवेश गरेसंगै पार्टी थप बजबुत हुने पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मीना परियारले दाबी गर्नुभयो ।
डा. खाँनले नेकपा (एमाले) संग नजिक भएर काम गर्दै आउनुभएको थियो । उहाँ जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया