८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माओवादी महाधिवेशनः राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे पछि…



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही ।

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु।

सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन्। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन्।

शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन्।

प्रकाशित मिति : ११ पुस २०७८ आइतबार ००:००  ४ : ३९ बजे