८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कांग्रेस क्षेत्रिय बैठक सम्पन्न, यी हुन् निर्णय




कपिलवस्तु ।

नेपाली कांग्रेस क्षेत्र नं २ को पहिलो बैठक तौलिहवामा सम्पन्न भएको छ ।

जिल्ला पार्टी कार्यालय तैलिहवामा सभापति केशव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले ४ बुंदे विभिन्न निर्णय गरेको छ । निर्णयमा निर्वाचन आयोगद्धारा संचालित मतदाता परिचय पत्र संकलनको लागि प्रत्येक वडामा कार्यकर्ता परिचालन गरि नामावली नभएका जनताको नामावली सकंलन कार्यमा सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै बेमौसमी वर्षातको कारण धान लगायत अन्य वालिमा भएको क्षतीको विवरण संकलन गरि सरकार समक्ष पठाउन र तत्काल क्षतीको राहत माग गर्ने समेत निर्णय गरेको छ । १४ औ महाधिवेशनमा सहयोग गर्ने निर्वाचन समिति तथा विभिन्न सहयोगीहरुलाई धन्यवाद दिनुको साथै आगामी बैठक यशोधरा गाउंपालिकामा गर्ने निर्णय भएको छ ।

बैठकमा नेपाली कागे्रंसमा प्रदेश सदस्य कपिलवदेव तिवारी,प्रदेश सभा क्षेत्रिय २ ख का सभापति गिरिजेश कुमार पाण्डेय सचिव द्धय गगेश नाथ तिवारी परवालाल यादव लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७८ शनिबार ००:००  ८ : ०७ बजे